मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किङ्स को जित

इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किङ्स को जित


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

चेन्नाई सुपर किङ्सले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ ।

सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१४ रनको योगफल खडा गरेको थियो । दोस्रो इनिङको तीन बलको खेल हुँदा वर्षा भएपछि खेल लामो समय रोकिएको थियो ।

वर्षाका कारण खेल अवरुद्ध बनेपछि चेन्नाईले १५ ओभरमा १७१ रनको बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जुन चेन्नाईले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

शेयर गर्नुहोस:

243
Shares