मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उक्त घटनामा मुछिएकाहरूमाथि अनुसन्धान थालेको आज ५६औँ दिन पूरा भएको छ । ६० दिनभित्रमा अभियोजन दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

Advertisement
ADVERTISEMENT

शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

अन्य पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहमा संलग्न केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहितका व्यक्ति फरार छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनामा ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध एक सय छजनाले २३ करोड बढी ठगिएको भन्दै जाहेरी दिएका छन् । रासस

शेयर गर्नुहोस:

54
Shares