मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मुलुकलाई राजनीतिकरूपमा भ्रष्टाचारमुक्त बनाउनुपर्छ : अध्यक्ष नेपाल

मुलुकलाई राजनीतिकरूपमा भ्रष्टाचारमुक्त बनाउनुपर्छ : अध्यक्ष नेपाल

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन् ।

मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा उनले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पुर्‍याएको बताए ।

विश्वभर रक्षात्मक रहेको कम्युनिस्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिस्ट विचार तथा आन्दोलनलाई उचाइमा पुर्‍याएको अध्यक्ष नेपालले बताए ।

कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको उनको भनाइ थियो ।

पार्टीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिँदै उनीहरूको निधनले देशको लोकतान्त्रिक आन्दोललाई ठूलो क्षति पुगेको बताए ।

सरकारले घटनाको प्रमाण सङ्कलन गरी छानबिन तथा अनुसन्धान गर्न नसकेकाले रहस्यमय हत्याकाण्डका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले देशमा भएका आन्दोलन तथा अनेक चुनौतीका बीच सामन्त वर्गको अन्त्य गरी नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाइएको विचार व्यक्त गरे । रासस