मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार निज शरणार्थी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्ने गरेको तथा निजले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिकता कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ ।

यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिए वापत रु पाँच लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौँैँका विभिन्न ठाँउमा बसोबास गर्ने तिब्बतियन शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ ।

साथै, नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।