मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने प्राथमिकता

स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने प्राथमिकता

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पताललाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने प्राथमिकता रहेको सुनाइन् ।

‘सबै प्रदेशमा विशिष्टिकृत अस्पताल स्थापना गर्ने, स्वास्थ्य बीमाको व्यवस्थालाई प्रभावकारी बनाउने र उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाको पाठेघरसम्बन्धी रोगको उपचारका लागि सरकारले दिई राखेको सहयोगको दायरा विस्तार गर्ने’ संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा भनिएको छ ।

मजदुर, किसान, वौद्धिक पेशाकर्मी लगायतका श्रमजीवी वर्गको श्रमको सम्मानका साथै रोजगारका लागि ठोस नीति बनाउने, शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरूपमा उपलब्ध गराउने र बेरोजगार लक्षित कार्यक्रम ल्याउने संयुक्त सरकारको कार्यक्रम छ ।

सरकारका प्रवक्ता शर्माले सहकारी क्षेत्रलाई गरिबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रको रूपमा राज्यले प्राथमिकता दिने र गरिबीको रेखामुनि रहेका जनतालाई खाद्य, शिक्षा, स्वास्थ्य, आवास, सीप, विकास र रोजगारीको कार्यक्रम ल्याउने बताइन् ।

सरकारले देश विकास प्रक्रियालाई आधुनिक प्रविधिसँग आबद्ध गर्ने, मानवजीवन सहज र उत्पादनमुखी बनाउन विद्यालयदेखि विश्वविद्यालयसम्म विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र शिक्षालाई पनि उच्च प्राथमिकता दिने भएको छ ।

‘ज्येष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न व्यक्तिका साथै दलित, उत्पीडित तथा पिछडिएको वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई दिइएको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने, अपाङ्गता भएकालाई रोजगारका लागि विशेष तालिम एवं अवसर दिने’ कार्यक्रममा भनिएको छ । रासस