मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्ररुपमा १२ जनाको उमेदवारी

चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्ररुपमा १२ जनाको उमेदवारी


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

भरतपुर । चितवन क्षेत्र नं २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि २४ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

निर्वाचन कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राजनीतिक दलबाट १२ जना र स्वतन्त्ररूपमा १२ जनाले उमेदवारी दर्ता गराएका हुन् । जसमध्ये स्वतन्त्ररुपमा उमेदवारी दिने दुई जना महिला छन् ।

राजनीतिक दलबाट उमेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट कालिका–९ का जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट माडी–७ का रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–६ का रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुर–४ का जीवलाल पुरी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रनगर–११, सुर्खेतका जनकराज शर्मा रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कालिका–९ बाट ज्ञानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीबाट आदानचुली–४, हुम्लाका महानन्द जैसी, मंगोल नेशनल अर्गनाइजेशनबाट भरतपुर–११ का टेकबहादुर तामाङ, राष्ट्रिय नागरिक पार्टीबाट भरतपुर–२ का योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट काठमाडौँ–३ का राजेश अधिकारी, जय जन्मभूमि पार्टी नेपालबाट भरतपुर–६ का प्रेमबहादुर खड्का र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट कालिन्चोक–१ दोलखाका छत्रकुमार पाख्रिन रहेका छन् ।

यसैगरी स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराउनेमा कालिका–३ का अम्बिका भट्ट, भरतपुर–६ का चक्रपाणि न्यौपाने, भरतपुर–१३ का ताराप्रसाद पौडेल, भरतपुर–११ का भाष्करचन्द्र न्योपाने, तारकेश्वर नगरपालिका–५ का भोजराज बगाले, भरतपुर–१ का रामकृष्ण ओझा, काभ्रेको चौँरीदेउराली–५ का लक्ष्मीमाया कोइराला बुढाथोकी, इच्छाकामना–५ का विक्रम श्रेष्ठ, व्यास नगरपालिका–१३ का सन्तोष थापा, भरतपुर–१२ का सुदर्शन कँडेल, कालिका–८ का सुमन श्रेष्ठ र कावासोती–२ का सुवास परियार रहेका छन् ।

सहायक निर्वाचन अधिकृत आचार्यका अनुसार चैत २१ गते दाबी विरोध गर्ने समय रहेको र स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न दिइने कार्यक्रम रहेको छ ।

 

शेयर गर्नुहोस:

135
Shares