मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रेस राज्यको नजरमा पर्न सकेको छैन : अध्यक्ष पोखरेल

प्रेस राज्यको नजरमा पर्न सकेको छैन : अध्यक्ष पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विपुल पोख्रेल

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस राज्यको नजरमा पर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा ‘प्रेस काउन्सिलका सदस्य र न्यूनतम पारिश्रमिक निर्धारण समिति संयोजकसँग सञ्चार माध्यममा आचारसंहिता पालना’ विषयक छलफल भएको हो ।

कार्यक्रममा अध्यक्ष पोखरेलले संसद् र सरकारको प्राथमिकतामा मिडिया पर्न नसक्दा लामो समयदेखि बनेका ऐन, कानून सही ढङ्गले कार्यान्वयन हुन नसकेको बताए । उनले मिडियाका एजेण्डा सरकार र संसद्को प्राथमिकतामा पार्न पछिल्लो समय पत्रकार महासंघले निरन्तर पैरवी गर्दै आएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले मिडियाको सबलीकरणमा दाङले खेलेको भूमिका अहम रहेको उल्लेख गर्दै कामका लागि अवसर पनि पाएको बताइन् ।

प्रेस काउन्सिल सदस्य दीपक पाण्डेले समस्या ऐन नियममा रहेको औँल्याउँदै गलत र कमजोर मानसिकताले काम गर्दा सञ्चार क्षेत्रमा असर देखापर्ने गरेको बताए ।

प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले मिडिया क्षेत्र भय र लोभबाट मुक्त नहुँदासम्म नैतिक स्खलन भइरहने र यसले सिङ्गो सञ्चार क्षेत्र कमजोर बन्ने खतरा रहेको बताए ।

कार्यक्रममा महासंघ दाङ शाखा पूर्वअध्यक्ष तथा नयाँ युगबोध दैनिकका प्रबन्ध निर्देशक प्रताप रेग्मी, रेडियो मध्यपश्चिम सञ्चालक समिति अध्यक्ष मधुसूदन वैद्य, महासंघका पूर्वअध्यक्षहरु केबी मसाल, केएल पीडित, सुदीप गौतम, सविन प्रियासन, मेचीकाली अनलाइनका सम्पादक टीका बस्नेतले पत्रकारिता र मिडिया क्षेत्रको संवर्द्धन र प्रवर्द्धनका लागि राज्य उदार हुन आवश्यक रहेकोमा जोड दिए ।