मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

सामुदायिक रेडियो प्रसारक सङ्घको बिहीबार आयोजित राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभा कार्यक्रमको अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिरः माधवप्रसाद घिमिरे / रासस

शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैँभरि सचेत हुनुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभामा शुभकामना मन्तव्य राख्दै उनले सरकारले निरन्तररुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताए ।

“सञ्चारमाध्यम सधैँको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा रहँदा बेठीक लागेका कुरालाई सरकारमा रहँदा ठीक ठान्ने प्रवृत्ति हुन्छ”, उनले भने, “यसका लागि सञ्चारमाध्यमले सधैँ प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ ।”

उनले अभिवृद्धि स्वतन्त्रतालाई खुला पनि राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने बताए । “समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो । यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ”, उनले भने ।

महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्त्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताए । “सामुदायिक रेडियोले राजस्व र नवीकरणका पक्षमा छूटका लागि सरकारसँग माग राख्ने, आवाज बुलन्द गर्ने काम गर्नुपर्ने र आफ्ना कुरा सरकारसँग भन्नुपर्छ”, उनले भने ।

महामन्त्री थापाले नकारात्मक धारणा आउँछ भन्ने आधारमा नागरिकका अधिकारलाई खुम्च्याइनु नहुने, भुइँमान्छे, तन्नेरी, समाजका कुरा सामुदायिक रेडियोले बजाउनुपर्नेमा जोड दिए ।

शेयर गर्नुहोस:

216
Shares