मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् ।

राष्ट्रपति सीले मंगलबार एक सन्देशमार्फत नेपाल–चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुँदै आएको उल्लेख गरेका छन् । दुई देशबीच रहीआएको मित्रता र पारस्परिक सहयोग निरन्तर विकास भइरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको उल्लेख गर्दै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न तथा उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति सीले सांस्कृतिक र दुई देशका जनताबीचको सहयोग आदानप्रदान सुदृढ गर्न, विकास र समृद्धिको लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।