मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं : प्रधानमन्त्री

सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैठौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख गरे । उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गर्नुभयो । शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए ।

मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।

प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।

जनयुद्ध, जनआन्दोलनको समायोजनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले समावेशी, समानुपातिक मूल्य तथा मान्यतालाई खोस्न भइरहेको प्रयत्नलाई असफल बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको बताए । प्रतिक्रियावादीको गल्तीबाट नेपाली जनता र जनताका प्रतिनिधिले विगतमा पनि पटक–पटक फाइदा लिएको र यसपटक पनि त्यस्तै हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल्य मान्यतालाई जोगाउन लागिपर्नुपर्ने स्पष्ट पारे ।

शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको उनको भनाइ छ । सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा पेस भइसकेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका क्रियाकलाप देखिए पनि त्यो क्रमशः पराजित हुने धारणा राखे ।

प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताउनुभयो । उहाँले त्यसका लागि सङ्गठन विस्तार र विचार निर्माणको काम गर्नुपर्ने उल्लेख गरे । विगतमा घेरा हालेर सखाप पार्नेहरु नै यतिबेला पनि पुनः षड्यन्त्र गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न धारामा विभक्त माओवादी शक्तिलाई पुनः एक ठाउँमा आउन त्यसले मद्दत गरेको बताए । विगतमा विविध कारणले पार्टी विभाजन हुन जाँदा जनतामा भ्रम पर्न गएकाले कमजोर देखिए पनि एउटै विचारमा केन्द्रित रहेका शक्ति पुनः एक ठाउँमा आएर मिल्नैपर्ने उनले उल्लेख गरे ।

विगत केही समय माओवादी शक्ति विभिन्न भङ्गलामा विभक्त भए पनि अब एक हुने समय आएको तर्क गर्दै प्रधानमन्त्रीले निकै ठूलो एकता हुने विश्वास पैदा भएको बताए । प्रधानमन्त्रीले माओवादी धारका विगतमा सबै तीतामीठा, राम्रा–नराम्रा, अनुभवलाई आफ्नै अनुभवका रुपमा मूल्याङ्कन गरेर जानुपर्नेमा जोड दिए ।

उनले भने, “निषेध गर्ने रुपमा नभई त्यसको समीक्षा गरौँ । निष्पक्ष ढङ्गले समीक्षा गरौँ । जुनसुकै धारमा लागेर ज्यान गुमाउनेलाई शहीदका रुपमा सम्मान गरौँ । उनीहरुको विचारलाई आत्मसात् गरौँ ।” प्रधानमन्त्री दाहालले फेरि एकपटक माओवादी शक्ति एकताबद्ध भएर परिवर्तनलाई सुदृढ बनाउने समाजवादको आधार बनाउने काममा सफल हुने विश्वास व्यक्त गरे । तस्बिर : रासस