मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताएका छन् ।

भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गरे ।

बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत प्रयोग गरेर बौद्धिकजगत्मा हाबी हुन बुद्धिजीवीलाई आग्रह गरे । उनले भने, “जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन केही शक्ति सफल भएका छन्, जनतालाई भ्रममा पार्न खोज्ने, अल्मल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजीवीले बिगुल फुक्नु आवश्यक छ ।”

बुद्धिजीवीले गलत बाटोमा हिँडेकालाई सही र सुल्टो बाटो देखाउन, परिवर्तन र रुपान्तरणको बाटो देखाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले भने, “लगातार सय जना विरोधीले तपाइँको विरोध गरे भने नकारात्मक टिप्पणी गरे भने नआत्तिनूस्, तपाइँको विचारबाट उनीहरु तर्सिए, आत्तिए भन्ने बुझ्नूस् ।”

बुद्धिजीवीलाई पढ्न, विषयको अध्ययन गर्न र लेख्न आग्रह गर्दै अध्यक्ष ओलीले तयारीका साथ सङ्गठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न सबैमा आग्रह गरे । उनले बुद्धिजीवीलाई निरन्तर लेखिरहन सुझावसमेत दिए ।

कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले माओवादी केन्द्रले एमालेमाथि कुठाराघात गरेको आरोप लगाए । बुद्धिजीवी परिषद् पार्टीसँग एकाकार भएर अगाडि बढ्ने उल्लेख गर्दै उनले एमालेको ग्रासरुट अभियानलाई सफल पार्न लागिपरेको बताए ।

सो अवसरमा परिषद्को साङ्गठानिक प्रतिवेदन महासचिव गजेन्द्रप्रसाद थपलियाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले तथा समसामयिक प्रस्ताव सुशील बिकेले पेस गरेका थिए भने त्यसमाथि देशभरबाट सहभागीबीच छलफल गरिएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजङ्ग थापा, परिषद्का उपाध्यक्ष डा दीपेन्द्र भण्डारी, उपमहासचिव गोविन्द्रबहादुर शाहीलगायतले देशको वर्तमान राजनीतिक परिवेशमा बुद्धिजीवीले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए ।