मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बाजुरा भूकम्प : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति

बाजुरा भूकम्प : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति

हिमालय खबर

शेयर गर्नुहोस:

189
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ ।

भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिहं बोहराले जानकारी दिए ।

त्यसैगरी सोही गाउँपालिका–१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ । हालसम्म प्राप्त जानकारीअनुसार आठ वटा घरमा क्षति भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

भूकम्पबाट सोही गाउँपालिका–४ बस्ने पूर्णप्रसाद पाण्डे र हरिचन्द्र पाण्डेको दुई तले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अझै क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली पठाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।