मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएको हो । “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन”, प्रधानमन्त्री दाहालले भने ।

वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उनले भने, “अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उक्त केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर हुनेगरी नेपालको निर्माण गर्न सकिने अनुभव सुनाउँदै प्रमुख पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो ।