मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी(का सम्मानित नेता झलनाथ खनालले उनलाई सम्मान गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहनत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए ।

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराए

काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले उनको सामाजिक विकास तथा माननवीय सेवाको भावना अतुलनीय रहेको बताए ।

हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा रुइत छनोट भएका छन् । जसको राशि १३ लाख अमेरिकी डलर बराबरको छ । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्न लागेका उनी पहिलो नेपाली हुन् ।

शेयर गर्नुहोस:

135
Shares