मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश

फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

सेमिफाइनलमा मोरक्कोलाई २–० गोलको नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स लगातार फिफा विश्वकपको फाइन्लमा पुगेको छ। बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।
 
बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ। 
 
आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ। 
 
फ्रान्स पछिल्लो २० वर्षमा विश्वकपको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यसअघि १९९४ देखि ब्राजिल लगातार तीन पटक फाइनलमा पुगेको थियो।
 

शेयर गर्नुहोस:

162
Shares