ड्यालस (अमेरिका) – नेपाली समुदायको सकृयता र युलेस सिटीको सहयोगमा आउँदो अगष्ट ६ तारिक वृहद रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । सो रक्तदानका लागि धमाधम दर्ता हुने क्रम जारी रहेको छ ।
हिमालय खबर अनलाइन, ब्लड डोनर्स अमेरिका टेक्सस च्याप्टर, अमेरिकी रेडक्रस र सिटी अफ युलेसको संयुक्त आयोजनामा रक्तदान हुन लागेको हो । ब्लड डोनर्स टेक्ससका अध्यक्ष अजय बगालेका अनुसार यो कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन मार्फत अग्रीम दर्ता गर्नुपर्ने भएकोले तलको लिंकमा गएर यथासिघ्र दर्ता गर्न आव्हान गरेका छन् ।
युलेसको लाइब्रेरीमा यो कार्यक्रम अगष्ट ६ तारिक बिहानदेखि हुनेछ । एकजनाले रक्तदान गर्दा तीनजनाको जीवन बचाउन सकिन्छ । यस्तो पुनित कार्यक्रममा सहभागी भएर नेपाली समुदायको एकता प्रदर्शन गर्न समेत बगालेले आग्रह गरेका छन् ।
एकजना स्वस्थ मानिसले अघिल्लो पटक रक्तदान गरेको ५८ दिनपछि पुनः रक्तदान गर्न सक्छन् । सिटी अफ युलेस समेत संलग्न भएको यो कार्यक्रममा सहभागी हुनका लागि अहिलेसम्म झण्डै तीन दर्जनले इच्छा दर्शाएर फर्म भरिसकेका छन् ।
Please register here
https://www.redcrossblood.org/give.html/drive-results?zipSponsor=donor&fbclid=IwAR3rpoqN2fEAIus4UToXSZtRf2qtsIiLefT7fOJIYWgI0u6sYXsP9z2kCIU
प्रतिक्रिया