टेक्सस (अमेरिका)- अमेरिकामा ट्याक्स फाइलका वेला सवैको मनमा एउटै कुरा खेल्छ ? त्यो हो , वढी फिर्ता पाइन्थ्यो कि, वा यो भन्दा कम तिरे पुग्थ्यो कि ?
अमेरिकामा लामो समय देखि ट्याक्स लगायत वित्तीय परामर्श सेवा दिदैं आएका (सीपीए) भिम कार्कीलाई हामीले यही प्रश्न सोध्यौ । कार्कीको भनाई छ, कर फिर्ता भनेको मोटोमोटी रुपमा सरकारले दिने भनेर तोकेको सुविधा सहुलियत, तिर्नु पर्ने कर र बर्ष भरी तिरेको रकम छ त्यसको हरहिसाब गरे पछि थप तिर्नु पर्ने वा फिर्ता पाउने भन्ने निर्धारण हुने हो ।
गत बर्षका लागि अमेरिका सरकार मातहत रहेको राजश्व विभाग आईआरएसले परिवारका लागि २५ हजार १०० डलरसम्मको आम्दानीलाई कर छुट दिएको छ । यो छुट, बालबालिका छन् भने उनीहरुलाई दिएको सुविधा लगायत हरहिसाव गरे पछि कर फिर्ता (रिफण्ड) हुने वा तिर्नु पर्ने तय हुन्छ । कट्टा गर्न पाइने रकम एकल व्यक्तिका लागि १२ हजार ५५० तोकिएको छ ।
गत बर्ष २०२१ मा काम गर्दा कर वढी तिरिएको रहेछ भने तोकिएको नियम अनुसार हरहिसाव कट्टा गरेर बांकी पैसा फिर्ता आउंछ, कार्कीले भने । आम्दानी अनुसार करको प्रतिशत वढ्दै जान्छ ।
.jpg)
सजिलोका रुपमा भन्दा मानौ कुनै परिवारले गत बर्ष बार्षिक आम्दानी करिव ६० हजार डलर गर्नु भयो, यसमा २५ हजार १०० मा कुनै कर लागेन ।
चाइल्ड क्रेडिट लगायत केही अरू क्रेडिटहरू कट्टा गर्न पाइन्छ तर, यो व्यक्ति/परिवार अनुसार फरक हुन्छ । अव बांकीमा पहिले कति कर तिर्यो त्यो हेरेर सरकारले लिनु पर्ने लिएर बांकी व्यक्ति वा परिवारलाई फिर्ता दिन्छ ।
काम गरेर प्राप्त आम्दानी डब्लु २ अनुसार ट्याक्स फाइल गर्ने हो भने जसले गरेपनि फिर्ता आउने यही हिसाव अनुसार हो । तर, व्यवसाय छ, आम्दानीमा विभिन्न स्रोतहरु छन् भने कर प्लानिगं गर्न सकिन्छ यो कर कसरी वचाउन सकिन्छ भनेर कानुन भित्रै रहेर लिइने रणनीति हो कार्कीले भने कट्टा गर्न सकिने केही शिर्षकहरु छन् ति उपयोग गर्न सकिन्छ । कर विज्ञहरुको सहयोगमा यस्तो रणनीति वनाउन सकिन्छ ।
अघिल्लो पटक भन्दा अहिले ट्याक्स फाइल गर्दा के फरक छ ? अहिले मुलरूपमा ८ १० बुदां अर्थात करका नियम नयां छन् जसले रिफण्ड वा तिर्नु पर्ने रकम फरक पार्छ कार्कीले भने मुख्य रुपमा यस पटक गत बर्ष पाएका सुविधाहरु मिलान गर्नु गर्छ । कतिले चाइल्ड क्रेडिट लिएका छन कतिले नपाएका पनि छन् पाएकाले ट्याक्स फाइल गर्दा देखाउनु पर्छ नपाएकाले पाउंछन् र हर हिसाव मिलान हुन्छ । विद्यार्थीले पढ्दा लिएको ऋण मिनाहा भएको छ भने पनि यो बर्ष केहि फरक नियम छ ।
नयां प्रावधानहरुले कर तिर्नेलाई फाइदा नै हुन्छ, कार्कीले भने ।

आईआरएसले अप्रिल १८ सम्म ट्याक्स फाइल गर्ने समय दिएको छ । यो अवधिमा नभ्याउनेका लागि ६ महिना समय थप गर्न सकिन्छ । तर, समयमै वा छिटो ट्याक्स फाइल गर्दा फाइदा हुन्छ कार्कीले भने रिफण्ड पाइने हो भने छिटो आउंछ, कसैले विवरण चोरेर ठगी गर्ने जोखिम कम हुनछ । छिटो काम सकाउंदा राम्रो पनि हो ।
अमेरिकामा काम वा ब्यबसाय गरेर आम्दानी गर्ने सवैले ट्याक्स फाइल गर्नु पर्छ । यहांका नागरिक वा स्थायी वासिन्दाले विदेशमा कमाएको भएपनि यहां ट्याक्स फाइल गर्नु पर्छ ।
सामान्य डब्लु २ मात्र छ भने आईआरएस वा यसले स्विकृती दिएका अनलाइनमा गएर निशुल्क ट्याक्स फाइल गर्न सकिन्छ कार्कीले भने तर, विवरणहरु भर्दा विग्रन नदिन चनाखो भने हुनुपर्छ । गलत विवरण भर्दा नपाउने सुविधा दावि गरिने वा पाउने सुविधा छुट्ने सम्भावना हुन्छ जस्को कारण पछि झमेलामा पर्न सकिन्छ ।
केही जटिलताहरु छन व्यवसाय, शेयर किनवेच लगायतका आम्दानीका विभिन्न स्रोत छन् , आर्थिक गतिविधि गरिएको छ भने करविज्ञसंग परामर्श गरेर ट्याक्स फाइल गर्दा उपयुक्त हुने कार्कीको सुझाव छ ।
गत बर्ष क्रिप्टोकरेन्सी वा शेयर किनवेच पनि ट्याक्स फाइल गर्दा उल्लेख गर्नु पर्छ । क्रिप्टोकरेन्सीका वारेमा आईआरएसले विस्तारै स्पष्ट पार्दै गएको छ, यसलाई करको दायरा भित्र ल्याएको छ कार्की भने स्टक किनवेच गर्दा जुन नियम हो क्रिप्टोमा पनि यही नियम लागु हुन्छ । शेयर, क्रिप्टोकारोवार छ भने १०९९ फर्मको विवरण उल्लेख गर्नु पर्छ । यसमा नोक्सान परेको छ भने कट्टा गर्न पाइन्छ । तर, किनेको मात्र छ बिक्री गरेको छैन भने कर फारम भर्दा रिपोर्ट गर्न पर्दैन कार्कीले भने, क्रिप्टो वा शेयर विक्री गरेपछि मात्र कर फारममा रिपोर्ट गर्नु पर्छ ।
लामो समय अमेरिका बसेका तर आप्रवासि भिसा (ग्रिनकार्ड) नभएका करदाताहरूलाइ रेजिडेन्सी टेष्ट भन्ने प्रावधान छ, त्यस्मा पर्ने करदाता ले नन रेजिजेन्ट ले प्रयोग गर्ने फारम प्रयोग गर्न नपर्ने हुन सक्छ, विज्ञको सहायता लिनु उचित हुन्छ कार्की ले भने। वोर्क परमिट छ र रेजीजेन्सि टेस्ट प्रावधानमा परिन्छ भने स्थायी बासिन्दा सरह विद्यार्थीले ट्याक्स फाइल गर्नु पर्छ ।

अहिले अमेरिकी राजश्व विभाग आईआरएसले प्रत्येक व्यक्तिलाई विभिन्न पत्र पठाएको छ, यी पत्र किन आए । कार्की भन्छन् गत बर्ष सरकारले विभिन्न सुविधा जस्तै चाइल्ड ट्याक्स क्रेडिट र रिकभरि रिबेट
क्रेडिट दिएको थियो यो ट्याक्स फाइल गर्दा उल्लेख गर्नु पर्ने भएकाले त्यस्ता पत्र पठाएको हो ।
यी पत्रहरु सुरक्षित राखेर ट्याक्स फाइल गर्दा उल्लेख गर्नु पर्छ कार्की भन्छन् सवै विवरण रिपोर्ट भएन वा नगरी ट्क्यास फाइल गर्दा पछि फेरी आईआरएसले खोजी नीति गर्ने छ, पैसा तिर्नु पर्ने अवस्थापनि आउन सक्छ ।
गत वर्ष सरकारवाट पाएको पैसाका वारेमा आईआरएसको पत्र आए पनि नआएपनि ट्याक्स फाइल गर्दा उल्लेख गर्नुपर्ने कार्कीले वताए ।
व्यवसाय गर्नेलाई भने यस पटक त्यत्ति फरक केही पनि नभएको कार्कीले वताए । गत वर्ष पाएको पीपीपी मिनाहा भएको छ भने यो रिपोर्ट गर्नु पर्छ यस्तै साना व्यवसायीले कुनै कर्मचारी खर्चमा क्रेडिट लिएका छन् भने पनि रिपोर्ट गर्नु पर्छ ।
गत वर्ष कोभिड १९ का कारणले आईआरएसले कयौं काम समयमा गर्न सकेको थिएन कयौं अन्यौलहरु थिए कार्कीले भने समयमा आईआरएसले यस्ता अन्यौलतालाई स्पष्ट गर्न पनि सकेको थिएन अहिले यो अवस्थामा केही सुधार आएको छ ।
तर, कोभिड १९ ले गर्दा हरहिसाव राफसाफ हुन अहिलेपनि केही वढी समय लाग्न सक्ने कार्कीले वताए ।
अप्रिल १८ सम्म समय छ त्यसपछि फाइल गर्दा के हुन्छ ? कार्की भन्छन ६ महिना समय थप गर्न सकिन्छ तर, तिर्नु पर्ने रहेछ भने अप्रिल १८ पछि ब्याज पनि लाग्छ यो जोडेर वुझाउनु पर्छ ।
आवश्यक सबै कागजपत्र जम्मा गरेर समयमै ट्याक्स फाइल गर्दा धेरै झन्झट बाट जोगिइन्छ भने अर्को तिर नागरिकको दायित्व पनि पुरा हुन्छ।
भिडियो अन्तरवार्ता
(तपाईका अमेरिकामा ट्याक्स फाइलमा प्रश्न छन् भने हामीलाई पठाउनुहोस । कर विज्ञ भिम कार्कीले यसको जवाफ दिनुहुने छ । हामी हिमालयखवर मार्फत तपाईको प्रश्नको उत्तर दिने छौं । निम्न इमेल: himalayankhabar@gmail.comcom मा तपाईले प्रश्न पठाउन सक्नुहुने छ । नाम र विवरण गोप्य राखिने छ । )

प्रतिक्रिया