काठमाडौ- पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेस नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । पहिले सभापति पदको मत गणना हुने छ । सभापतिको टुंगो लागेपछि अन्य पदाधिकारीको मत गणना हुने छ ।
मतदान गर्न झण्डै १२ घण्टा लागेको थियो । काठमाडौ जाडोमा मतदाताहरु सांझ अवेरसम्म भोट हाल्न लाइन लागेका थिए । कुल ४ हजार ७ सय ४३ मत मध्ये ४ हजार ६ सय ७९ मत खसेको वताईएको छ ।
कांग्रेसमा सभापति हुन ५१ कुल खसेको मतमध्ये ५० प्रतिशत कटाउनु पर्छ । यदी ५० प्रतिशत कटेन भने माथिल्लो दुई जना विच चुनाव गर्नु पर्ने हुन्छ ।
अहिलेसम्मको अनुमानमा दोस्रो चरणको चुनाव हुने देखिन्छ । सभापति मात्रको चुनाव गर्दा भने धेरै समय लाग्ने छैन । मतदाताले दुई जना मध्ये एक जना छानेपुग्ने हुदां निकै छिटो हुन्छ । तर, पनि प्रकृया भने पुर्याउन पर्ने हुन्छ ।
सभापतिको टुंगो लागेपछि अन्य पदाधिकारीको मतगणना हुने छ । सवै पदको टुंगो लाग्न एक साता भन्दा वढी समय लाग्ने देखिन्छ ।
यसै विच फेक्याट नेपाल नामक एउटा संस्थाले गरेको सर्वेक्षणमा पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ४५ प्रतिशत मत पाउने जनाएको छ । त्यस पछि शेखर कोइरालाले ३८ प्रतिशत , प्रकाशमान सिंहले ९ र विमलेन्द्र नीधिले ८ प्रतिशत मत पाउने उक्त संस्थाको दावी छ ।
फेसबुकमा सार्वजनिक उक्त मत सर्वेक्षणमा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने देखाईएको छ । गगनले ४५ र विश्व प्रकाशले २९ प्रतिशत मत पाउने देखाईएको छ । यो मत सर्वेक्षण के आधारमा गरियो यो भने खुलाईएको छैन ।
कुनै उथल पुथल भएन भने सभापतिमा देउवाले नै जित्ने धेरैको अनुमान छ । गगन थापा भने पहिलो मतका साथ महामन्त्री हुने देखिन्छ ।













प्रतिक्रिया