काठमाडौ- अहिले चर्चामा रहेका युवा नेता हरिबोल भण्डारीले खस आर्य समुहवाट नेपाली कांग्रेस केन्द्रिय सदश्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
खर्स आर्य समुहवाट १३ जना केन्द्रिय सदश्य चयन हुन्छन् । यसका लागि ९३ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसका १३४ कार्यसमितिका पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । यो उम्मेदवारको अन्तिम सुची भने होइन । आइतवार नाम फिर्ता लिने समय तोकिएको छ । सोमवार विहान ८ वजे वाट मतदान हुने छ ।
भण्डारी काठमाडौ क्षेत्र नं ३ वाट सर्वाधिक मतका साथ केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

युवा नेता भण्डारी दुई दशक देखि राजनीतिमा सकृय छन् । उनले आफ्नो स्थायी बसोवास थलो काठमाडौ जोरपाटीलाई केन्द्र बनाई राष्ट्रिय राजनीतिमा सकृय छन् ।
भण्डारी समाजसेवा र व्यवसायमा पनि संलग्न छन् । नेपाल र विदेशमा उनका व्यवसाय छन् । उनी विदेशमा वस्ने नेपालीको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार पनि हुन् ।
विदेशमा वस्ने नेपालीले जनसम्पर्क समितिहरु मार्फत यो महाधिवेशनमा सहभागी छन् । तर, प्रतिनिधिलाई भोट हाल्न दिईएपनि केन्द्रमा चुनावमा प्रतिस्पर्धा गर्न भने विधानले रोकेको छ ।
यस अवस्थामा अहिले हरिबोललाई विदेशमा वस्ने नेपालीका तर्फवाट केन्द्रिय सदश्यमा उम्मेदवारका रुपमा पनि राखिएको छ । उनको विदेशमा वस्ने नेपालीसंग राम्रो संजाल पनि छ ।
गुट उपगुटमा विभाजन भएको यस पटकको नेतृत्व चयन प्रकृयामा हरिबोललाई सवै गुटले सहयोग गर्ने संभावना छ ।













प्रतिक्रिया