मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

एक हलिउड अभिनेताले आफ्नै छोराछोरीलाई भने–‘मेरो फिल्म नहेर्नू !’

एक हलिउड अभिनेताले आफ्नै छोराछोरीलाई भने–‘मेरो फिल्म नहेर्नू !’


हलिउड फिल्म ‘एन्ट म्यान’ ले बक्सअफिसमा राम्रै कलेक्सन गरिरहँदा यस फिल्मका अभिनेता ‘माइकल डग्लस’ ले भने आफ्नै छोराछोरीलाई आफ्नै फिल्म हेर्न अनुमति नदिने बताएका छन्। ७० वर्षिय अभिनेताले फिल्म हेर्न अनुमति नदिनुमा आफ्ना फिल्महरु ‘आर–रेटेड’ भएको कारण खुलाएका छन्।
 
‘आर–रेटेड’ फिल्म भन्नाले यौनजन्य दृष्य, नग्नता, अधिक द्वन्द, युवा केन्द्रित विषय, गाह्रो र अश्लिल भाषा, लागु औषधजन्य दृष्य लगायत प्रयोग भएका फिल्म भन्ने बुझिन्छ।
 
१४ वर्षका छोरा र १२ वर्षकी छोरीका पिता डग्लसले भनेका छन्,‘मेरा छोराछोरी अझै बच्चै छन्। त्यसो त उनीहरुले मेरा फिल्महरु त्यति हेरेका पनि छैनन्। मेरा करियरका प्रायः फिल्महरु आर–रेटेड छन्।’
 
तर, उनको पछिल्लो फिल्म ‘एन्ट म्यान’ भने परिवारका सबै सदस्यलाई मिल्ने भएकाले भने उनी खुसी छन्। 
 
उनले आफ्नो छोराले ‘यति धेरै नयाँ दर्शकहरु तपाईंका लागि हुन सक्छन्। मजस्ता नयाँ पुस्ताले पनि जानुन् कि तपाईं को हुनुहुन्छ ?’ भनेको पनि स्मरण गरेका छन्। – एजेन्सी