मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

‘बजरंगी भाइजान’ ले ३ दिनमै सय करोडको ब्यापार गर्न सफल

‘बजरंगी भाइजान’ ले ३ दिनमै सय करोडको ब्यापार गर्न सफल


शुक्रबार रिलिज भएको सलमान खान अभिनित बलिउड सिनेमा 'बजरंगी भाइजान' ले ३ दिनमै सय करोडको ब्यापार गर्न सफल भएको छ। यो सँगै सलमान खानका ८ ओटा फिल्मले सय करोडभन्दा बढीको ब्यापार गरेका छन्। ती मध्ये बजरंगी भाइजान सबैभन्दा छोटो समयमै सय करोड क्लबमा पुगेको हो।  
 
आइतबारसम्म फिल्मले १ सय २ करोड भन्दा बढी भारतीय रुपैयाँको ब्यापार गरेको छ। यसअघि सन् २०१४ मा रिलिज भएको सलमानको फिल्म किकले हप्तादिनमा ८३ करोड भारुको कारोबार गरेको थियो। 
बलिउडमा यसअघि शाहरुख खानको फिल्म 'ह्याप्पी न्यू इयर' ३ दिनमा १ सय ८ करोड र आमिर खान अभिनित फिल्म 'धुम थ्री' ले १ सय ७ करोड भारुको ब्यापार गरेका थिए। 
 
कबिर खान निर्देशित फिल्म बजरंगी भाइजानमा भारतमा छुटेकी एक पाकिस्तानी बालिकालाई भारतबाट पाकिस्तान पुर्याइएको  कथा छ।