हिमालयखवर संवाददाता
अमेरिका– सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारका तर्फवाट सेक्युरिटी प्रिन्टीगं प्रेस खरिदका क्रममा करिव ७० करोड रुपैंया कमिशन मागेको अडियो टेप सार्वजनिक भएको भएको छ ।
अनलाइन मिडिया हाम्राकुरा डटकमले सार्वजनिक गरेको उक्त अडियो बुधवार विहान देखि सामाजिक संजालमा आईरहेको छ ।
स्विजरल्याण्डवाट नेपाल सरकारले किन्न लागेको उक्त सेक्यूरिटी प्रेस खरिदगर्दा करिव २७ अर्ब रुपैंया पर्ने र यसमा संचारमन्त्री र कमिशन एजेण्टलाई ७४ करोड रुपैंया आउने अडियोमा सुनिन्छ ।
संचारमन्त्रीले यो प्रेसको मूल्य एक अर्ब रुपैंया बढाएर २८ अर्ब वनाउन सकिदैंन भन्ने सम्मको प्रश्न सोधेका छन् ।
उक्त प्रेसका कमिशन एजेण्ट विजय प्रकाश मिश्र र संचारमन्त्री बास्कोटा विचको उक्त वार्तालापमा सरकारलाई हानी पुर्याएर भष्ट्रचार गर्न खाजेको प्रस्ट वुझिन्छ । तर, यो अडियो टेपको सत्य तथ्यपनि स्वतन्त्र रुपमा पुष्टि हुन बांकी छ ।
संचारमन्त्रीले पनि अहिलेसम्म यसवारेमा कुनै प्रतिकृया दिएका छैनन् ।
उक्त अडियो टेप अहिले कसले , किन मिडियालाई उपलव्ध गरायो यसवारेमा हाम्रा कुराले कुनै उल्लेख गरेको छैन । सरकारी खरिद विक्री, ठेक्का पट्टा लगायतमा कमिशन एजेण्टहरुले आफ्नो स्वार्थ पुरा भएन भने यस्तो टेप सार्वजनिक गर्छन । रेकर्डपनि उहीले नै गरेका हुन्छन् ।
यस अघि हाम्राकुरा डटकमले तत्कालिन सभामुखलाई बलात्कार गरेको आरोप लगाउने रोशनी शाहीको अन्तवार्तापनि सार्वजनिक गरेको थियो । त्यसपछि महराले सभामुखपदवाकट राजिनामा दिनु परेको थियो । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया