साहित्य सिर्जना

पराई भूमिबाट प्रिय सखीलाई एउटा चिठी

प्रकाशित |
मेरी प्रिय सखी,
अटुट माया एवम् सम्झना !
 
म त यहा आरामै छु तर तिमीलाई सञ्चै छ भनेर पनि कसरी सोधूँ र खोइ रु अहिले तिमी र देशमाथि आइपरेको विपत्तिमा मैले खोक्रो सहानुभूति देखाउनबाहेक अरु केही गर्न पनि त सक्दिनँ नि म । अहिले म दुःखी छु, म यस कारण दुःखी छु कि यस्तो विपत्तिको समयमा तिमीहरुसामु प्रस्तुत हुन सकिन । तिमीहरुले जस्तै मैले पनि यो दैवी प्रकोपको सामना गर्न सकिनँ ।
हाम्रा पुर्खा र बुढापाकाले भन्ने गर्थे, “दैवको अगाडि कसैको केही लाग्दैन ।” आज त्यस्तो भनाइ प्रमाणित भएको छ । आफ्नै अगाडि सबै तहसनहस हु“दा राम–राम भन्नुबाहेक केही गर्न नसकिने रहेछ । मलाई यस्तो दुःखद परिस्थितिमा तिमीस“गै हुन मन थियो, तिमीस“गै रून मन थियो, तिमीस“गै यो दैवी विपत्तिको सामना गर्न मन थियो । आफ्नो मातृभूमि चिराचिरा परेको अवस्थामा मेरो प्यारो देशको भूमिमा रही सेवा गर्न मन थियो, तर आफूले चाहेजस्तो नहुने रहेछ मेरी प्रिय सखी १
हुन त, म त्यहा“ भएको भए पनि के नै गर्न सक्थेँ होला र सखी रु तर टाढा भएर होला, मनमा अनेकथरी विचार आउ“दोरहेछ । सायद्, म पनि तिमीस“गै भएको भए प्राकृतिक विपत्तिमा परेकाहरुको सेवामा खट्ने थिए“ हुँला १ आर्थिक सहयोग गर्न नसके पनि पनि श्रमदान अवश्य पनि गर्थें । तिमीले जस्तै तिमीहरुस“गै चौरमा रात काट्ने थिए“ हुँला, डर र त्रासका साथमा । हो प्रिय सखी, यस्तै–यस्तै कुराले मनलाई झन् पिरोलेको छ ।
देशभित्र रोजगारीको अवसर तथा काम गर्ने वातावरण नभएर अभाव नै अभावमा बा“च्नु परेको अवस्थामा बाध्य भएर गरिबीलाई छिचोल्न जन्मभूमि गाउ“, देश र तिमीलाई छोडेको पनि धेरै वर्È भइसक्यो । पराई देशबाट केही धन कमाएर घरपरिवारस“गै रमाएर बसौँला, सुखस“ग खाऔँला भन्ने एउटा झिनो आशा र सपना बोकेर आएको थिए“ । तर, मेरा ती सबै सपना चकनाचुर भएका छन् । मेरो पनि घर भत्कियो रे, गाउ“ उजाड भयो रे भन्ने सुनेको छु । तर सखी, मेरो गाउ“ र घरमा जे–जति क्षति भएको छ र मैले जे–जति पीडा भोगेको छु, त्यो तिम्रो अगाडि केही पनि होइन, किनभने मेरो परिवारका सबै जना सकुशल नै हुनुहुन्छ ।
तिमीस“गैको त्यो अन्तिम पलमा बसेर दुःखका कुरा गरेको अस्तिजस्तै लाग्छ । मैले मेरो सपना र कल्पना तिमीलाई सुनाउ“दै थिए“, तिमी सुन्दै थियौ । हामीलाई केही थाहा नहुने रहेछ, भोलि के हुन्छ भनेर । र, भयो पनि त्यस्तै । हाम्रा हजारौँ नेपालीको मृत्यु, भौतिक रुपमा ठूलो क्षति, राष्ट्रिय तथा विश्वसम्पदारुपी सम्पत्तिहरु क्षणभरमै अर्थात् आ“खा चिम्लिन नपाउ“दै एकै समयमा सबै तहसनहस भए । बा“च्ने आधार नै सकिएझैँ अनुभूति भयो । प्रकृतिको अगाडि हामी कसैको केही नचल्ने रहेछ सखी । प्रकृतिले हामीमाथि अहिले ठूलै विपत्ति ल्याइदिएको छ ।
तर, यस्तो भयो भन्दै हामीले हार मान्नु भने हु“दैन सखी । तिम्रो त झन् मेरोभन्दा बढी पीडा छ । ममा भन्दा बढी साहस छ र त आज तिमी एक्लैले हिम्मत जुटाएर विपत्तिको सामना गरेकी छौ ।
सुन्छु– तिम्रो घर पनि गयो रे । बुबाआमा, दाजुबहिनी सबै जना एकैसाथ भाग्न खोज्दाखोज्दै भग्नावशेषले थिचिएर उहा“हरुले एकै ठाउ“मा मृत्यु वरण गर्नुभयो रे १ प्रिय सखी, यस्तो पीडाको समयमा तिमीमाथि आइपरेको दैविक विपत्ति र दुःखमाथि केवल सहानुभूतिमात्र देखाउन सक्छु । जे गरे पनि तिम्रो भागको दुःख र पीडा म आफूले लिन र भोग्न सक्दिनँ । पराई भूमिबाट सहानुभूतिमात्र प्रकट गर्न सकिन्छ, पीडा नै बाँड्न भने सकिँदैन । तिमीले यतिखेर भोग्नु परिरहेको पीडा महसुस गर्न म स्वयम् त्यस्तै पीडादायी आगोमा जल्नुपर्छ, जुन आगोमा तिमी अहिले जलिरहेकी छौ । मान्छेले आफूलाई परेको दुःख र पीडामात्रै महसुस गर्न सक्छ । जसलाई परेको छैन, उसले देखाउने भनेको र दिने भनेको सहानुभूतिमात्रै हो जस्तो लाग्छ ।
हो, तिमीलाई अहिले असह्य पीडा भएको छ, तर तिमी महान् छौ । तिमी आफ्नो यो सब पीडा भुलाई दुःखीहरुका लागि अहिले समर्पित भएकी छौ । वास्तविक मानव त्यो हो, जो आफ्नो पीडालाई भन्दा अर्काको खुशीका लागि समर्पित रहन सक्दछ । आफ्ना लागि जिउने यहा“ धेरै छन् सखी, तर तिमी महान छौ जसले आफ्नो पीडालाई थाती राखेर अरुको पीडा र घाउमा मलमपट्टी लगाउन अघि सरेकी छौ ।
प्रिय सखी, तिम्रो, मेरो र धेरैको सपना टुटेको छ अहिले । बुबाआमा, दाजुभाइ, बहिनी र आफ्नो प्यारो जन्मघर सबै गुमाएकी तिमी एउटी यस्ती साहसकी प्रतिमूर्ति हौ जसले आफूलाई सम्हालेर, आफैँले आफैँलाई सान्त्वना दिएर दुःखेको देशलाई मलमपट्टी लगाउँदै छौ ।
तिमीले र मैले बिदाइका पलमा गरेका वाचाहरु अपूरो रह्यो । म विदेशबाट फर्केपछि तिमी र म पूरै काठमाडौँ घुम्ने, धरहराबाट काठमाडौँ नियाल्ने, नेपालका रमाइला जिल्लाका रुपमा प्रख्यात रहेका गोरखा, सिन्धुपाल्चोक आदि ठाउ“हरुको भ्रमण गर्ने सपना सबै एकै पलमा अहिले तहसनहस भएको छ । देश नै अहिले भग्नावशेष भएको छ, तिम्रो र मेरो सपनास“गस“गै ।
तर सखी, हामीले हिम्मत हार्नु भने हु“दैन हेर । प्रिय, हामी सबै नेपाली मिली शोकलाई शक्तिमा बदलेर देशलाई पुनर्निर्माण गर्नुछ । हिजोभन्दा पनि राम्रो र हरियालीले हराभरा गाउ“, सहर र सम्पदाले भरिपूर्ण देश बनाउनुछ । देशलाई पुनः नया“ दुलहीझैँ श्रृङ्गार्नुछ ।
प्रिय सखी, हामीले हिम्मतका साथ अघि बढ्नुपर्छ, हामीले हरेस खानु हु“दैन । प्रकृतिले लुटे पनि हामी नेपालीको हिम्मत र विश्वास अझै डगमगाएको छैन । हामी हिजो पनि एकजुट नै थियौँ, आज पनि छौँ र भोलि पनि रहिरहने छौँ । हिमाल, पहाड र तराईका हामी सबै मिली एक स्वच्छ र सुन्दर नेपालको अब पुनर्निर्माण गर्नेछौँ । मेरी प्रिय सखी १ जीवनमा विपत्ति आइरहन्छ, यो प्राकृतिक परिचक्र हो । यसलाई कसैले रोकेर रोक्दा पनि रोकिन्न । हामी सुखमा मात्तिनु हु“दैन भने दुःखमा आत्तिनु हु“दैन ।
प्रायःजसो हरेक वर्ष भूकम्पलगायतका प्राकृतिक विपदाबाट हामीभन्दा पनि ठूलो क्षति व्योहोर्ने जापान र सुनामीलगायत बेहोर्ने देशहरु त पुनः उठेका छन् भने हामी पनि एकसाथ अघि स¥यौँ भने हिजोभन्दा पनि राम्रो, सबल नेपाल र नेपालीका रुपमा विश्व समुदायमा हामी उदाहरणीय बन्न सक्छौँ ।
पराई भूमिबाट 
उही तिम्री प्यारी सखी
दीपिका भुषाल

दीपिका भुषाल -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया