प्रवास

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

प्रकाशित |

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५५ हजार ४०३ जनाको मृत्यु भएको छ ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म दुई लाख १२ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ । 

ब्राजिलमा गत २४ घन्टामा ५५६ जना बिरामीको ज्यान गएको बताइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा त्यो सबैभन्दा धेरै हो ।

यहाँ गएको २४ घन्टा यता गरेको परीक्षणका क्रममा कम्तीमा पनि २४ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।गत साता मात्र कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको थियो । 

दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ५२ लाख ९८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेका छन् । 

यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् । सिन्ह्वा

 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया