मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ


धनगढी । धनगढी उपमहानगरपालिका-१२ स्थित जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए ।  

‘‘नेपालबाट मटर भारततर्फ तस्करी भइरहँदा प्रहरीबाट रोकेर नियन्त्रणमा लिने प्रयास गर्दा तस्करहरुले उक्त हत्या घटना घटाएको अनुसन्धानबाट देखिएको छ”, प्रवक्ता बिष्टले भने “पक्राउ परेकाहरुले बयानका क्रममा हत्यामा संलग्न भएको स्वीकारेका छन् ।” 

उक्त पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँको शनिबार राति सीमा क्षेत्रको चकमेली गाउँनजिकै हत्या गरिएको थियो ।

प्रसनि बिक र प्रहरी जवान साउद नियमित गस्तीका क्रममा शनिवार राति जुगेडाको दक्षिणतर्फको नेपाल—भारत सीमावर्ती क्षेत्रमा थिए । प्रहरीको हत्या गरिसकेपछि शवलाई घटनास्थलबाट झण्डै चारसय मिटरको दुरीमा रहेको मोहना नदीसम्म पुर्‍याएर सो समूह फरार भएको जनाइएको छ । 

पत्रकार सम्मेलनमा घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सात जनालाई मंगलबार सार्वजनिक गरिएको छ । बिकको शव घटना भएको दोस्रो दिन मोहना नदीमा फेला परेकोमा प्रहरी जावानको शव सोही नदीमा मंगलबारमात्रै फेला परेको हो । नदी क्षेत्रबाट प्रसनि बिकले प्रयोग गर्ने गरेको पेस्तोल र मोबाइल सेटसमेत प्रहरीले फेला पारेको छ ।   

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेका छन् । पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । रासस