मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकाभित्र संक्रमितको संख्या १२ हजार नाघ्यो

काठमाडौँ उपत्यकाभित्र संक्रमितको संख्या १२ हजार नाघ्यो


काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । सोमबारमात्र उपत्यकामा थप ५१२ जनामा संक्रमित थपिए । जसमा काठमाडौँका ४४०, ललितपुरका ४३ र भक्तपुरका २९ जना रहेका छन् ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।  

देशभरमा सोमसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तीमध्ये १० हजार सङ्क्रमित काठमाडौँ जिल्लाका रहेका छन । काठमाडौँ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।   

यस्तै, ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन् । पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् ।   

सोमबार मात्र उपत्यकामा ५१२ जना  सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजारभन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौँ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन् ।   

पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।  

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४,  सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।