मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमणबाट ७ लाख ५ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमणबाट ७ लाख ५ हजार बढीको मृत्यु


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ५ हजार ९३ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार बुधबारसम्म विश्वभरमा एक करोड ८७ लाख ३९ हजार १७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । 
 
सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख ५० हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ८३ हजार ११८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ४०३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १९ हजार १४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार ३३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । 
 
उत्तर अमेरिकामा ५७ लाख ८३ हजार ६६७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख २५ हजार ५०७ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २९ लाख ५४ हजार ८६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ७७२ को मृत्यु भएको छ । 
 
एसियामा ४६ लाख २५ हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ७७१ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ । एएफपी