मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

लाज

लाज

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाड्गी सकेकालई फेरी नग्नहुन के को लाज |

बरु कपडा लजाउन सक्छ देखेर उसको लाज ||

 

जुठोमा बेचिनेहरुलाई जुठो नै अमृत भए |

बरु जुठो लजाउन सक्छ देखेर घीनको लाज ||

 

बेचियो भन्दैछन आज स्वाभिमान सबै उसको |

किन्ने नै लज्जित छ वरु बेचिनेलाई के को लाज ||

 

भोलीले सोधन गरे ईतिहासमा हिसाब छ सबै |

एकपटक बेचियो फेरी बेचिनलाई के को लाज ॥

 

लाज साह्रै लजालु छ लाजै लाज छ जीवन |

सित्तै पाए लिएर फेरी पनि लजाउन के को लाज ||

 

लजालुको लाज  देख्नेहरु नै लज्जित बरु |

लजाउनु अधिकार हो लजाउन के को लाज ॥