मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यायालयमा एम्मी कोनी ब्यारेटको नियुक्ति सम्बन्धमा सुनुवाइ सुरु

न्यायालयमा एम्मी कोनी ब्यारेटको नियुक्ति सम्बन्धमा सुनुवाइ सुरु


वासिङ्टन । सर्वोच्च अदालतले एम्मी कोनी ब्यारेटको नियुक्तिलाई सदर गर्ने वा नगर्ने सम्बन्धमा सोमबारदेखि सुनुवाइ सुरु भएको छ । ब्यारेटलाई पूर्व न्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको संघारमा निकै जोड गरेका हुन् ।  

रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी सेनेटले सर्वोच्च अदालतमा पुनरावेदनकी ४८ वर्षीय न्यायाधीश व्यारेटलाई ल्याएर न्यायलयमा रिपब्लिकनको पकडलाई बलियो बनाउन चाहेको देखिन्छ । संघीय छुट्टीमा सिनेटको न्यायपालिका समितिको बैठकले कोरोनाभाइरस महामारीको कारण परिवर्तन भएको परिपेक्षमा भन्दै कार्यक्रमलाई छोट्रयाई चार दिने सुनुवाई गर्न लागेको हो । 

सुनुवाईका लागि केही सिनेटरहरु टाढाबाट सहभागिता जनाएका छन् । सुनुवाईको लागि महामारीबीच सार्वजनिक स्वास्थ्य चिन्ताहरुलाई ध्यानमा राखेर छलफलस्थलको व्यवस्था गरिएको छ । सिनेटर लिन्डसे ग्राहमले सुनुवाईको सुरुवातमै अमेरिकामा कोभिड–१९ को सङ्क्रमण वास्तविकरूपमा नै जटिल बनेको भन्दै सुरक्षित रूपले अघि बढ्नुपर्ने बताएका थिए । 

सुनुवाईका लागि जम्मा भएका १०० सिनेटरमध्ये लगभग सबैले मुखमा मास्क पहिरिएका थिए । समितिका दुई सिनेटरलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र यसैलाई डिमोक्रयाट्सले महामारीको क्रममा बैठकको सुरक्षाबारे ताजा चिन्ता व्यक्त गर्दै द्रुत मार्गमा गरिने भनिएको संपुष्टिमा ढिलाइ गर्न खोजेको देखिएको थियो । 

सेन माइक ली र आर उताहलाई कोभिड सङ्क्रमण पुष्टि भएको र उनीहरू सोमबार सुनुवाईमा सहभागी भएपछि उनीहरूका प्रवक्ताले लक्षण मुक्त भएको बताएका थिए । 

यसैबीच, उत्तरी क्यारोलिनाका रिपब्लिकन थोम टिलिसलगायत प्रभावित अन्य सिनेटले टाढाबाट भाग लिए । यद्यपि उनीहरू पनि लक्षणमुक्त भएको बताइएको छ । दुवै सिनेटरलाई १० दिनअघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । 

यसैबीच, सुनुवाईका लागि मुख्य डेमोक्रयाट टाढा बसिरहेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने सिनेटर तथा डेमोक्रयाट्सतर्फका उप–राष्ट्रपति पदका उम्मेद्वार र एक समिति सदस्य, कोरोनाभाइरसको चिन्ताका कारण टाढाबाटै सहभागी हुने योजना रहेको उनका प्रवक्ताले बताए ।