मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप एकसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

थप एकसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो


काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।
 
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाकै स्थानीय क्वारेन्टाइनमा रहेका उनी भारतबाट पाँच दिनअघि नेपाल आएका थिए ।
 
उनलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो । 
 
उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । जसमा रिपोट पोजेटिभ आएको हो । 
 
पछिल्लो २४ घन्टामा मुलुकभर पिसिआर विधिबाट तीन हजार ८६७ परीक्षण भएको छ भने आरडिटी विधिबाट पाँच हजार १८५ जनामा परीक्षण गरिएको छ ।
 
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार २६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।