मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकामा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, ४५१६ जनाको मृत्यु

अमेरिकामा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, ४५१६ जनाको मृत्यु


अमेरिका । विश्वका २०३ देश र आसपासमा विस्तार भई महामारीकै रुप लिएको कोरोना भाइरसको प्रकोपबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ ।
 
बुधबार राति ११ बजेसम्म विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विवरणअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या दुई लाख ५ हजार ३५ पुगेको छ । प्राप्त समाचारअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ४५१६ पुगेको छ । 
 
विश्वभर ९ लाख ११ हजार ५५० जना संक्रमित हुँदा अमेरिकामा भएको संक्रमणको हिस्सा २३ प्रतिशतभन्दा बढी हुन आउँछ । अमेरिकामा हाल उपचार गराइरहेकाको संख्या १ लाख ९१ हजार ७७४ रहेको छ भने ४८८८ जनाको अवस्था जटिल रहेको बताइन्छ ।
 
हालसम्म ८७४५ जना उपचारपश्चात् निको भएका छन् । अमेरिकामा बुधबार एकै दिन १६ हजार ५०५ जना संक्रमित भएकोमा ४६३ जनाले ज्यान गुमाएका छन् ।
 
२०२० जनवरी २० देखि देखा परेको यो प्रकोपबाट न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ८३ हजार ७१२ जना संक्रमित रहेकोमा १९४१ जनाले ज्याान गुमाएका छन् । यस्तै, न्यू जर्सीमा २२ हजार २५५ संक्रमित भएकोमा ३५५ ले ज्यान गुमाएका छन् ।
 
तेस्रो प्रभावित स्टेटमा क्यालिफोर्निया रहेको छ यहाँ ८ हजार ४ जना संक्रमित भएकामध्ये १८४ ले ज्यान गुमाएका छन् । (एजेन्सीको सहयोगमा)