मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्निया सन्फ्रान्सिसकोमा जनवरी २५ तारिख मा २८५६औ सोनाम ल्होछार भव्य रुपमा मनाउदै

क्यालिफोर्निया सन्फ्रान्सिसकोमा जनवरी २५ तारिख मा २८५६औ सोनाम ल्होछार भव्य रुपमा मनाउदै


क्यालिफोर्निया (अमेरिका)- हरेक बर्ष झै तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले यस बर्ष आगामी जनवरी २५ तारिख शनिवारको दिन तामाङ समुदाय हरुको महान पर्व 
सोनाम ल्होछार पुजा चन्द (लामा )र राजु लामा को साथमा मनाउनको निम्ति  भव्य तैयारी भैरहेको छ र कलाकार हरुपनि आईपुगिसकेको अबस्था छ ।
 
तामाङ समुदायहरुको महान पर्व सोनाम ल्होछार तथा नयाँ बर्षको अबसरमा भब्यताका साथ आगामी जनवरी २५ तारिख शनिबारका दिन 850 Judah St San Francisco मा बेलुकी ५ बजेदेखी शुरु हुन गईरहेको छ ।
 
प्रवासमा रहेर पनि आफ्नो भाषा,संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको र ज़िम्मेवारी पनि हो भन्ने महसुसका साथ तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामाले सम्पूर्ण सन्फ्रान्सिसको बे एरियाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दै चुल्हो सबै सामुदायिक सदस्यहरुलाई चुल्हो निम्तोको समेत आह्वान गरेका छन् ।
 
अन्त्यमा आफ्नो  मौलिक पर्ब २८५६ औं सोनाम ल्होछारको शुभकामना ब्यक्त गर्दै यस तामाङ समुदायहरुको महान उत्सबलाई सफल बनाउन अध्यक्ष लामाले  अनुरोध पनि गरेका छन् ।