मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कति भेटियो पूर्वराजपरिवारको चल सम्पत्ति ?

कति भेटियो पूर्वराजपरिवारको चल सम्पत्ति ?


काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । 
 
नेपाल ट्रष्टले दिएको जानकारीअनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ । 
 
नविल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्डस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए । 
 
यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ । रासस