मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


भक्तपुर । दूधपाटीबाट काठमाडौँ फकंदै गरेका दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनीट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । 
 
सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
 
प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक  काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नं का मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्यु भएको हो । 
 
मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक  भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शााहीले बताए । रासस