मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । 
 
‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ’ उनले भने । 
 
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । 
 
यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । रासस