मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियामा सडक दुर्घटना : तेह्रको मृत्यु, ३१ जना घाइते

क्यालिफोर्नियामा सडक दुर्घटना : तेह्रको मृत्यु, ३१ जना घाइते


लस एन्जेलस, अमेरिका । दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । 
 
‘दुर्घटना भएको अवस्थामा सबै यात्रु सुतिरहेका होलान्’ भन्दै क्यालिर्फोनिया रानमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् । उनले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका छन् । सो दुर्घटनामा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको अगाडि भागमा बसेर यात्रा गरिरहेका छन् । 
 
यद्यपि यस भीषण दुर्घटनाको कारण भने हालसम्म पत्ता नलागेको भएता पनि बस उच्चगतिमा रहेका सोही अवस्थामा ट्रक आएर ठोक्किँदा दुर्घटना भएको आबेलेले थप जानकारी दिए । यस दुर्घटनाको अनुसन्धान जारी रहेको र बस चालकको ज्यान गएको तर  ट्रक चालक भने जीवितै रहेका बताइएको छ । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्ति तत्काल परिचय खुलेका छैन ।
 
दुर्भाग्यवस दुर्घटना परेका अन्य कैयौँ व्यक्तिको पनि  परिचय  नखुलेको आबेलेले बताएका छन् । उनीहरुको साथै रहेका परिचयपत्रबाट पनि प्रष्ट रुपमा परिचयको पुष्टि हुन सकेको छैन  । रासस / एएफपी