मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतको एक अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी, २३ जनाको मृत्यु


नयाँदिल्ली । पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । 
 
घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार करिब साँझ ८ बजे सो आगलागी भएको थियो । 
 
‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पिटल’को सघन उपचार कक्ष (आइसियु)मा आगलागी भएको हो । 
 
आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘उडिसामा भएको घटनाबाट म मर्माहत भएको छु,’ मोदीले ट्वीटरमार्फत् बताएका छन् । रासस / सिन्ह्वा