मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थपिए २१०३ संक्रमित, २८५८ डिस्चार्ज, एकैदिन १७ जनाको मृत्यु

बिहीबार थपिए २१०३ संक्रमित, २८५८ डिस्चार्ज, एकैदिन १७ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा बिहीबार २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १७ सहित एक हजार २७६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २८५८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । जुन कुल संक्रमितको ८६.३४ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप १२२९ जना संक्रमित थपिएका छन् । काठमाडौँका ९६५, ललितपुरका १८९ र भक्तपुरका ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९९ हजार ८६० पुगेको छ । जसमा काठमाडौँमा कुल ८० हजार ७२३, ललितपुरमा ११ हजार ८९८ र भक्तपुरमा ७२३९ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ८०५ जनासहित हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ७६७ जना र आइसोलेसनमा २८ हजार १०६ जना रहेका छन् ।

देशभर २५ हजार ३४७ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३८० जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।