मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बाइडेनलाई भोट दिन ओबामाको आह्वान

बाइडेनलाई भोट दिन ओबामाको आह्वान


वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउँदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए । 

पूर्वराष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनसमेत सबैलाई अपिल गरेका छन् । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउँदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा लागेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन् । 

 

बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, “उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उहाँहरुलाई जिताउनु पर्छ ।”

उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबीसमेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनावी मैदानमा छन् ।  

मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तिव्र भएका छन् भने सभा तथा ¥यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन् । बुधबार आयोजित एक ¥यालीलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार बर्ष फेरी खेर फाल्न नहुने टिप्पणी गरे ।  

राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्यूनीकरण गर्न धेरै काम गर्न सक्ने हुँदा हुँदै पनि नगरेको उनको भनाइ थियो । अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासिला कुरा र व्यवहार मात्रै गरेको र जिम्मेबार हुन नसकेको पनि ओबामाले आरोप लगाएका छन् । पिटिआई