मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड चार लाख नाघ्यो

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड चार लाख नाघ्यो


वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या चार करोड चार लाख १४ हजार ३६१ पुगेको विभिन्न सञ्चारमाध्यमले सार्वजनक गरेको पछिल्लो अपडेटमा जनाइएको छ ।  यस सङ्क्रमणको कारण विश्वभर ११ लाख १४ हजार ३६१ व्यक्तिको मृत्यु भएको जनाइएको छ । 

यसैबीच, विश्वभर रहेका कुल सङ्क्रमितमध्ये ३ करोड १ लाख ७२ हजार व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । यद्यपि ९१ लाख २२ हजार ५०० भन्दा बढी मानिस सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८३ लाख ९३ हजार २०४ व्यक्ति सङ्क्रमित रहेका छन् । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । अमेरिकामा हालसम्म दुई लाख २४ हजार ८२४ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ४४ हजार ९४१ संक्रमित थपिएका छन् भने ४४८ जनाको मृत्यु भएको छ ।  

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७५ लाख ५५ हजार ७७६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट १ लाख १४ हजार ७१४ जनाको मृत्यु भएको छ । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा हालसम्म ६६ लाख ६७ हजार ५६५ व्यक्ति कोरोना भाइरस निको भएका छन् । 

ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने एक लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख १५ हजार ३१६ जना सङ्क्रमित रहेका भने २४ हजार ३६६ जनाको मृत्यु भएको छ । एएनआई