मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड एक लाख नाघ्यो

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड एक लाख नाघ्यो


वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड एक लाख नाघेको छ । कोरोनाको तथ्यांक अद्यावधि गर्दै आएको संस्था वल्र्डोमिटर र अन्य संस्थाका अनुसार अनुसार विश्वभर चार करोड एक लाख २५ हजार ६६६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभर ११ लाख १६ हजार ५४० व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, विश्वभर रहेका कुल सङ्क्रमितमध्ये झन्डै तीन करोड व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८३ लाख ५० हजार ६६८ व्यक्ति सङ्क्रमित रहेका छन् । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २४ हजार ३७६ जनाको मृत्यु भएको छ ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । यद्यपि अमेरिकामा ५४ लाख ३८ हजार ३८९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । 

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७५ लाख ३१ हजार ८२५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने ब्राजिलमा ५२ लाख २४ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ३६ हजार ५४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । एएनआई