मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या ७४ लाख ९२ हजार नाघ्यो

भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या ७४ लाख ९२ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७४ लाख ९२ हजार नाघेको छ ।

आइतबारसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९२ हजार ७२७ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा गत २४ घन्टामा ६२ हजार ९२ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १०३२ जनाको मृत्यु भएको छ । 

अझै पनि भारतभर ७ लाख ८४ हजार २६४ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९४ हजार ३९९ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।  

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख १४ हजार ६३३ बढीको मृत्यु भएको छ । 

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९९ हजार ५७ हजार ४२९ मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९८ लाख ८५ हजार ७७० जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सिन्ह्वा