मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण, एकैदिन १७ जनाको मृत्यु

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण, एकैदिन १७ जनाको मृत्यु


काठमाडौँ । नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बिहीबार  थप १४९७ सहित ६९ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।     

एकैदिन कोरोना संक्रमण निको भई ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ । जुन कुल संक्रमितको ७२.७४ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ७५५ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६०९, ललितपुरका ९५ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १८ हजार ४७० पुगेको छ । जसमा काठमाडौँमा कुल १५ हजार २७७, ललितपुरमा १ हजार ९३९ र भक्तपुरमा १ हजार ६१८ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ११ हजार ४४९ जनासहित हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ५६५ जना क्वारेन्टाइनमा र १८ हजार ४३७ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २३२ जना आइसियूमा उपचाररत छन् ।