मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार थपिए १०३९ संक्रमित, एकैदिन नौ जनाको मृत्यु

आइतबार थपिए १०३९ संक्रमित, एकैदिन नौ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ९ हजार १६६ जनाको पिसिआर परीक्षणका क्रममा १०३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५४ हजार २५९ पुगेको छ । जसमा १५ हजार ११७ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ५९७ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ४८३, ललितपुरका ८१ र भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ११ हजार ७३६ पुगेको छ । जसमा काठमाडौँमा कुल ९१०३, ललितपुरमा १२१० र भक्तपुरमा ९४० जना रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३४५ पुगेको छ ।

त्यस्तै, आइतबार एकैदिन कोरोना संक्रमण निको भई ११७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ८९७ पुगेको छ । जुन कुल संक्रमितको ७१.४५ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख ४० हजार ५२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ५३६ जना क्वारेन्टाइनमा र १५ हजार ११७ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसन ७ हजार ७३० जना र होम आइसोलेसनमा ५ हजार ३८७ जना रहेका छन् । जसमध्ये २३ जनाको भेन्टिलेटरमा र १६९ जनाको आइसियूमा उपचार भइरहेको छ ।