मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतमा कोरोनाबाट एकैदिन ९७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाबाट एकैदिन ९७ हजारभन्दा बढी सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाख ८८ हजार भन्दा बढी पुगेको देखिएको छ ।  

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या अहिलेसम्म ७७ हजार ७६८ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०२ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ  । 

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ८८ हजार ४७० जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ लाख ४८ हजार ५३४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अब नौ लाख ६२ हजार १६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा अहिले पनि दुई लाख ६१ हजार ७९८ जना सक्रिय सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने चार हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

कुल ४८ हजार ४८२ जना सक्रिय सङ्क्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । नमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म आठ हजार १५४ जनाको मृत्यु भएको छ । 

त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।