मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको पिसिआर परीक्षणका क्रममा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । जसमा १४ हजार ९२५ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ६९६ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ६२०, ललितपुरका ३८ र भक्तपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १० हजार ७०८ पुगेको छ । जसमा काठमाडौँमा कुल ८७२६, ललितपुरमा १०९२ र भक्तपुरमा ८९० जना रहेका छन् ।   

संक्रमित हुनेमा रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२/१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११/११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ/छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन/तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई/दुई, जुम्ला, बर्दिया र धादिङमा एक/एक जना रहेका छन् । 

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ ।  

त्यस्तै, शुक्रबार एकैदिन कोरोना संक्रमण निको भई ९७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख २१ हजार १८६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा र १४ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोसनमा ६ हजार ६३४ जना रहेका छन् । जसमध्ये २५ जनाको भेन्टिलेटरमा र १७० जनाको आइसियूमा उपचार भइरहेको छ ।