प्रवास

‘कोभिड १९’ बाट विश्वभर आठ लाख ९४ हजारभन्दा बढीको मृत्यु

प्रकाशित |

जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९४ हजार ३३३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ७३ लाख ७३ हजार ४८१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९४ लाख ९५ हजार ७०० व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ३३ हजार ४४८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ७६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६४ लाख ६८ हजार ४२३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २७ हजार ७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ३०२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ५१ हजार ५८७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ९८ हजार ८८१ कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ३२१ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लाख ३७ हजार ६०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख २५ हजार ५०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ४० हजार ९४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख  ८९ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  १८ हजार  २२९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख  ३८ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ६३ हजार ८९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ४२ हजार २६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । 

स्पेनमा ५ लाख  १७ हजार  १३३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ८५९ जनाको मृत्यु भएको छ । 

एएफपी

एएफपी -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया