मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको पिसिआर परीक्षणका क्रममा ११७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । जसमा १५ हजार ३९३ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौँ उपत्यकामा थप ५१२ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ४४०, ललितपुरका ४३ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १२ हजार २४८ पुगेको छ । जसमा काठमाडौँमा कुल ९५४३, ललितपुरमा १२५३ र भक्तपुरमा ९६९ जना रहेका छन् ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३६० पुगेको छ ।

त्यस्तै, सोमबार एकैदिन कोरोना संक्रमण निको भई ८७९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । जुन कुल संक्रमितको ७१।५३ प्रतिशत हो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख ५१ हजार ४०५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ८९२ जना क्वारेन्टाइनमा र १५ हजार ३९३ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसन ८ हजार ११८ जना र होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन् । जसमध्ये २९ जनाको भेन्टिलेटरमा र १७९ जनाको आइसियूमा उपचार भइरहेको छ ।