अमेरिका समाचार

गैरकानुनी मतपत्र वनाएको आरोपमा क्यारल्टन सिटीका मेयरका उम्मेदवार पक्राउ

प्रकाशित |

मेरिका- टेक्सस स्थित सिटी अफ क्यारल्टनका मेयरका उम्मेदवार जुल मिर्जा मोहम्मद मत पत्र जालसाजीको आरोपमा पक्राउ परेका छन । 

उनलाई हुलाक मार्फत ८४ वटा मतपत्र नक्कली विवरण दिई प्राप्त गरेको अभियोगमा पक्राउ गरिएको हो । 

यस वाहेक उनलाई अरु थप २५ मत पत्र गैरकानुनी रुपमा वनाएको समेत आरोप लगाईरहेको छ । 

टेक्सस एटोर्नी जनरल कार्यालय र डेनटन काउण्टी सेरिफ अफिसले संयुक्त रुपमा अनुसन्धान गरी जुल मिर्जालाई पक्राउ गरेको स्थानिय संचार माध्यम एनबीसीडीएएफडब्लुले जनाएको छ । 

उनी माथिको आरोप पुष्टि भएमा २० बर्ष सम्म जेल संजाय हुन सक्छ । उक्त सिटीमा नेपालीहरुको पनि बाक्लो बसोवास छ । 

एटर्नी जनरल कार्यालयद्धारा जारी प्रेस विज्ञप्तिमा गलत व्यक्तिगत विवरण दिई ८४ वटा भोट वनाएको उल्लेख छ । 

प्रहरीले भोटमा गडवड गर्ने माथि सकृय रुपमा कारवाही छानविन र कारवाही अघि वढाईरहेको पनि जनाइएको छ । तस्बिर: सामाजिक संजाल 

हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

प्रतिक्रिया