मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

उद्यमी एवं सांसद् विनोद चौधरी पछिल्लो समय कांग्रेस पार्टीभित्र सक्रिय हुँदै

उद्यमी एवं सांसद् विनोद चौधरी पछिल्लो समय कांग्रेस पार्टीभित्र सक्रिय हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालका बहुर्राष्ट्रिय उद्यमी विनोद चौधरीले केही दिनअघि बीपी जन्मजयन्ती र गणेशमान सिंह स्मृति दिवसका अवसरमा दुई नेताको योगदानको स्मरण गर्दै फेसबुकमा पोष्ट गरे । 

पहिले एमालेबाट सांसद् भएका उद्यमी चौधरी अहिले नेपाली कांग्रेस पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छन् । उनलाई पार्टी कार्यकर्ताभन्दा पनि उद्यमीका रुपमा पार्टीले संसदमा लगेको रुपमा लिइएको थियो । यसले गर्दा पहिले एमाले र अहिले कांग्रेस पार्टीले पत्याउँदा पनि अनौठो मानिएन । 

तर, कांग्रेसबाट सांसद् भएयता चौधरीले बिस्तारै देशको पुरानो राजनीतिक पार्टी कांग्रेसमा जमेर लाग्ने संकेत दिँदै आएका छन् । फेसबुकमो उनको यी पोष्टलाई पनि यसै रुपमा हेरिएको छ । 

पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनवटै व्यवस्थामा विनोद बिशुद्ध व्यवसायीका रुपमा सक्रिय भएका थिए । उनी निकै महत्त्वाकांक्षी व्यवसायी पनि हुन् । सिनेमा बनाउनेदेखि रात्रि क्लब खोल्ने सम्ममा उनले लगानी गरे । यही महत्त्वाकांक्षाले उनलाई तेस्रो विश्व भनिने नेपालको एकमात्र चर्चित बहुर्राष्ट्रिय उद्यमी बनायो ।

पछिल्ला केही वर्ष उनको राजनीतिमा पनि महत्त्वाकांक्षा देखिएको थियो । करिब साढे एक दशकअघि सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनी लगानी प्रवर्द्धनसम्बन्धी समितिमा राज्यमन्त्री सरहको पदमा नियुक्त भएका थिए । तर, उक्त पदमा उनी खासै जम्न सकेनन् । यो भन्दा अगाडि गएर एक पटक महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने इच्छा चौधरीमा अझै देखिन्छ  । 

नेपाली कांग्रेसको यसै वर्ष महाधिवेशन हुँदै छ । उक्त महाधिवेशनमा चौधरी पुरानो पार्टी कांग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने सम्भावना पनि रहेको उनका निकटस्थले हिमालयखबरलाई बताए । 

अहिले चौधरीको प्रथामिकतामा कोषाध्यक्ष पद छ । यो पद उनका लागि उपयुक्त पनि रहेको उनका सहयोगीहरुले सुझाव दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालासँग चौधरीको निकट सम्बन्ध छ । केही समयअघि उनले देउवा र कोइरालालाई सँगै राखेर डिनर दिएका थिए । उक्त डिनरमा प्रदीप गिरि पनि उपस्थित थिए । 

उद्यमी चौधरीलाई राजनीतिकभन्दा पनि व्यावसायिक दुनियाँ प्यारो थियो । तर, अघिल्लो पटक केपी ओली प्रधानमन्त्री भएपछि उनको कम्युनिस्ट पार्टीसँगको मोहभंग भयो । कम्युनिस्टलाई विश्वास गर्नु आफ्नो सबैभन्दा ठूलो भूल भएको महसुस उनले गरेका थिए । 

चौधरी कांग्रेस पदाधिकारी हुन सके भने अर्थमन्त्रीसम्म हुन सक्ने सम्भावना पनि खुल्छ । त्यसपछि अन्तर्राष्ट्रिय संस्थामा पसेर समाजसेवामा सक्रिय हुने महत्त्वकांक्षा चौधरीमा छ । 

कांग्रेसको सांसद् मनोनित हुनुअघि केही समय चौधरी नयाँ पार्टी खोल्ने कसरतमा थिए । यसका लागि कैयौंसँग उनले आफ्नो धारणा व्यक्त पनि गरेका थिए । त्यसबेला विवेकशील पार्टीको सम्भावनाका बारेमा पनि छलफल भएको थियो । तर, विभिन्न कोणवाट अध्ययन राय सुझाव लिई निर्णय गर्ने चौधरी अन्ततः कांग्रेसभित्र पसेका थिए ।

गत चुनावका बेला पनि चौधरी कांग्रेसका चुनावी सभामा भोट माग्न देशका विभिन्न स्थानमा पुगेका थिए । उनले नेपाली कांग्रेस पार्टीले लिनुपर्ने आर्थिक नीतिका बारेमा पनि एउटा कार्यक्रममा प्रमुख वक्ताका रुपमा भनाइ राखेका थिए ।